Logo

कियाले ल्यायो ‘किया प्रोमिस’ योजना, जुन सम्म वारेन्टी समय थप

कियाले ल्यायो ‘किया प्रोमिस’ योजना, जुन सम्म वारेन्टी समय थप



काठमाडौं । कोरियाली अटो निर्माता कियाले ‘किया प्रोमिस’ नामक योजना ल्याएको छ । कम्पनीले ल्याएको उक्त योजना अन्तरगत २०२० को फेब्रअरिदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तरगत नै गाडी मर्मत गर्ने सुविधा दिने भएको छ ।

कम्पनीले उक्त योजना अन्तरगत आफ्ना ग्राहकलाई जुन महिनासम्ममा वारेन्टी थप गरिएको हो । ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको छ ।

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै विश्वका अधिकांश व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् । लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द रहेको अवस्थामा ग्राहकहरु सो स्थानसम्म पुग्न नसक्ने भएकाले उक्त समय थप गरेको कम्पनीले जानकारी दिएको छ ।

साथै सो अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र उक्त अफर लागू हुने कम्पनीको भनाइ छ । यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नु पर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL