Logo

नेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने

नेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने



काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधि वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द नै हुने भएको छ । सरकारले घोषणा गरेको लक डाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । सरकारको पछिल्लो निर्णय अनुसार अब वैशाख ३ गतेसम्म लक डाउन हुनेछ । यसर्थ अब सोही अवधिसम्म सेयर बजार बन्दले पनि निरन्तरता पाउनेछ ।

नेप्सेले लक डाउन भएसँगै सेयर कारोबार स्थगित गर्दै आएको छ । ‘कोरोनाका कारण असहज स्थिति उत्पन्न भइरहेकाले बजार बन्दको निर्णयलाई अब वैशाख ३ गतेसम्म निरन्तरता दिइएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार ९नेप्से० ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था गरेको छ ।

उक्त विनियमावलीमा प्रकृतिक प्रकोप राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिइ कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थालाई आधार मानेर लक डाउन अवधिभर कारोबार नखोल्न लागिएको नेप्सेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL