Logo

कोरोना लक्षित लक्ष्मी ईन्टरकन्टिनेन्टलको ‘हुण्डाई केयर’ कार्यक्रम सुरू, गाडिको वारेन्टी २ महिना थप

कोरोना लक्षित लक्ष्मी ईन्टरकन्टिनेन्टलको ‘हुण्डाई केयर’ कार्यक्रम सुरू, गाडिको वारेन्टी २ महिना थप



काठमाडौं । हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई केयर’ कार्यक्रम सार्वजनिक गरेको छ ।

laxmi

कोरोना भाईरसले निम्त्याएको संकटलाई मध्यनजर गरी सो कार्यक्रमको सुरुवात गरेको कम्पनीले जानकारी दिएको हो । जस्ले हुन्डाईका ग्राहकहरुलाई यस कठिन् समयमा आफ्नो सवारीसाधन मर्मतमा कुनै पनि समस्या आएमा सहायता प्रदान गर्नेछ ।

हुण्डाई केयर कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडिको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको छ । कम्पनीको अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्धता रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL