Logo

कोरोना प्रकोप रोक्न होण्डाले संचालनमा ल्यायो हेल्पलाईन, फोनबाटै यसरी लिन सकिन्छ जानकारी

कोरोना प्रकोप रोक्न होण्डाले संचालनमा ल्यायो हेल्पलाईन, फोनबाटै यसरी लिन सकिन्छ जानकारी



काठमाडौं । होण्डा नेपालले कोरोना भाइरस रोकथामका लागि हेल्प लाईन संचालनमा ल्याएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा आवश्यक सहयोग एवं जानकारी दिनका लागि कोराना हेल्पलाईन सेन्टर स्थापना गरिएको होण्डा नेपालका संचालक शौरभ ज्योतिले बताए ।

उक्त सेन्टर होण्डा नेपाल र नेपाल मेडिकल एसोशिएसनको संयुक्त सहकार्यमा स्थापना गरिएको हो ।

होण्डाले संचालनमा ल्याएको हेल्पलाईन मार्फत फोनबाटै डाक्टरको सल्लाह लिन सकिने छ । साथै आफ्नो घर वा छरछिमेकमा कुनै व्यक्तिलाई कोरोनाको लक्ष्ण देखिएका मा शंका लागेमा हेल्प लाईनमार्फत जानकारी गराउने सकिने छ ।

जसका लागि होण्डाले ०१–५९७०००७ को हेल्पलाईन नम्बर संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL