Logo

कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड रुपैयाँ सहयोग घोषणा

कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड रुपैयाँ सहयोग घोषणा



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

laxmi

भीजी फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।
कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL