Logo

सवारीसाधनका लागि आवश्यक निप्पोन पेन्ट नेपाली बजारमा, यो बर्ष २० प्रतिशत बजारहिस्सा ओगट्ने लक्ष्य

सवारीसाधनका लागि आवश्यक निप्पोन पेन्ट नेपाली बजारमा, यो बर्ष २० प्रतिशत बजारहिस्सा ओगट्ने लक्ष्य



काठमाडौं । सवारीसाधनका लागि आवश्यक निप्पोन पेन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच निप्पोन कम्पनीले उक्त पेन्ट नेपालमा सार्वजनिक गरेको हो।

बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको जानकारी दिए ।
उनका अनुसार आउँदो केही महिनाभित्रमा कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरिसतहको लागि उत्पादनहरू ल्याईनेछ । भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले नेपालमा कार धनीहरूका लागि सम्भाव्य राम्रो समाचार भएको जानकारी दिए ।

निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ । जसमध्ये १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम)मा केन्द्रीकृत हुनेछन ।

निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अद्र्ध–वार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटवल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरियो तथा एन–पावर ब्रान्डमा, गैर–पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन–फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL