Logo

मेरो पालामा सेयर बजारमा धेरै सुधार भएको छ : अर्थमन्त्री खतिवडा

मेरो पालामा सेयर बजारमा धेरै सुधार भएको छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थ, संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आफ्नो पालामा सेयर बजारमा धेरै प्रगति भएको बताएका छन । बिहीबार सरकारका पछिल्ला निर्णय सुनाउँदै मन्त्री खतिवडाले पछिल्लो २ बर्षमा सेयरबजार सम्बन्धी कानुनी, नीतिगत लगायतका धेरै प्रगति भएको बताएका हुन ।

laxmi

निर्णय सुनाउँदै उनले भने ‘हामीले त लगानीकर्तालाई लगानी गर्नका लागि सहजीकरण गरिदिने मात्रै हो,’ उनले भने, ‘तर बजार घटाउने र बढाउने मेरो हातमा हुँदैन, यसमा कसैको नाम जोड्नु बेकार हो ।’

लगानीकर्ताहरुले बजारमा लगानी गर्दा कम्पनीको वासलात, विवरण तथा भावी भविष्यलाई हेरेर मात्रै लगानी गर्नुपर्ने उनको भनाई थियो । बजार घटबढ हुनु स्वभाविक हो, तर हल्लाको पछि लागेर लगानी गर्दा पनि धेरै ख्याल गर्नुपर्छ । आफुले सेयर बजारमा लगानीका लागि धेरै सहजिकरण गरिदिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL