Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईएमक्युबीच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईएमक्युबीच रेमिटान्स कारोबार सुरु



काठमाडौं । अन्तरराष्ट्रिय रेमिटान्स कम्पनी ईएमक्यु र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच रेमिटान्स कारोबार सुरु गर्ने गरी सम्झौता भएको हो ।
उक्त सम्झौतापश्चात जापान, युएई र जोर्डन स्थित उपभोक्ताहरुले ईएमक्युको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन ।

laxmi

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईएमक्यु लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गरेका हुन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार ५ सयभन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL