Logo

चान्स टु वीन थ्रू अ क्लिकका बिजेता घोषित, सुमित्राले पाईन टिभीएस जुपिटर स्कुटर

चान्स टु वीन थ्रू अ क्लिकका बिजेता घोषित, सुमित्राले पाईन टिभीएस जुपिटर स्कुटर



काठमाडौं । ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान अन्तरगत बुटवलकी सुमित्रा न्यौपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । टिभीएस स्कुटर र जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको गरेको थियो ।

जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान अन्तरगत ‘टिभीएस बाइकर्स मेनिया’ स्टीकर प्याकमा टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै अन्य आकर्षक उपहारहरु राखेका थिए ।

विजेता न्यौपानेलाई जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले एक कार्यक्रमको आयोजना गरि स्कुटरको साचो हस्तान्तरण गरेका छन । ‘टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौ, अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने ।’

अग्रवालले भने, ‘हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं । हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं । हामी यो अभियान सफल पार्नका लागि सहयोग पुर्याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL