Logo

रोयल इन्फिल्डको ‘कालिन्चोक नाइट आउट’ सम्पन्न, ४७ मोटरसाईकल सहभागी

रोयल इन्फिल्डको ‘कालिन्चोक नाइट आउट’ सम्पन्न, ४७ मोटरसाईकल सहभागी



काठमाडौं । एम भी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइलस प्रालिले ‘कालिन्चोक नाइट आउट’ सम्पन्न गरेको छ ।

प्रालिले यही शनिबार अर्थात फागुन १७ गते उक्त कार्यक्रम गरेको हो । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रालिले बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी ‘कालिन्चोक नाइट आउट’ गरेको हो ।

‘कालिन्चोक नाइट आउट’ बालाजुदेखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मर र रोयल इन्फिल्डका सेल्स म्यानेजर रुद्र जंग शाहले उद्घाटन गरेका हुन । ४७ ओटा रोयल इन्फिल्डमा सवार ७८ जना राइडरहरुको १५५ किलोमिटरको लामो मोटरसाईकल र्याली दोलखाको कालिञ्चोक पुगेर सम्पन्न भएको थियो । उक्त राईडरका लागि रोड क्यापटेन रमेश अवालेले गरेका थिए ।

नेपालको आन्तरिक पर्यटनलाई प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बालाजुदेखि स्वयम्भु, बल्खु, नख्खु, सातदोबाटो, बालकुमारी, सल्लाघारी, बनेपा, धुलिखेल, दोलालघाट, कदमबास, थुमपाखर, अत्तरपुर, बोच, चरिकोट, हुँदै कालिन्चोक कन्ट्रि भिला रिर्सोट कालिन्चोकमा पुगी सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL