Logo

सामसंगका २ नयाँ फोनको प्रिअर्डर खुल्ला, प्रिअर्डर गर्ने ग्राहकलाई सुविधै सुविधा

सामसंगका २ नयाँ फोनको प्रिअर्डर खुल्ला, प्रिअर्डर गर्ने ग्राहकलाई सुविधै सुविधा



काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसंगले नेपालमा सामसंग ग्यालेक्सी एस२० र एस२० प्लसको प्रिअर्डर खुल्ला गरेको छ । कम्पनीले उक्त स्मार्टफोन फागुन १४ गतेदेखि प्रिअर्डर खुल्ला गरिसकेको सोमबार जानकारी गराएको हो ।

laxmi

कम्पनीका अनुसार उक्त फोन बजारमा फागुन ३० गतेदेखि मात्रै उपलब्ध हुनेछ । तर प्रिअर्डर गर्ने ग्राहकले भने फोन फागुन ३० अघि नै पाउने कम्पनीले जानकारी दिएको छ ।

उक्त २ फोनहरुले भिडियोग्राफी र फोटोग्राफीलाई नयाा ढंगले प्रस्तुत गरेको कम्पनीले जानकारी दिएको छ । फोनमा ६४ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ । जसले सिंगल टेकअन्तर्गत विभिन्न भिडियो खिच्न सहज हुन्छ भने ८के क्वालिटिको भिडियो समेत खिच्न सकिन्छ ।

फोनको लागि प्रिअर्डर गर्ने ग्राहकले नेपालभरका कुनैपनि सामसंग स्टोरमा ५ हजार रुपैयाँ जम्मा गरेर प्रिअर्डर गर्न सक्नेछन । जसमार्फत प्रिअर्डर गर्ने ग्राहकले ग्यालेक्सी बड्स प्लस निशुल्क र ३२ ईन्छको सामसंग टिभी ५ हजार ९ सय ९९ मै प्राप्त गर्न सक्नेछन ।

यस्तै प्रिअर्डर गर्ने ग्राहकहरुले टर्किस एयरलाईन्स, उस ट्राभल्सको राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्याकेजहरुमा भारी छुट पाउनेछन ।

साथै प्रिअर्डर गर्ने ग्राहकले फोन एकपटक टुटफुट भएमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुमा माशिक किस्तामा ईएमआई पनि उपलब्ध हुनेछ ।

साथै प्रिअर्डर गर्ने ग्राहकहरुले लक्की ड्रका लागि समेत स्वतः योग्य हुनेछन । जसमा टर्किस एयरलाईन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लासको सिट, ग्यालेक्सी वाछ एक्टिभ २, केजीएच ग्रुपको वाटरफन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा २ रात विताउन पाउनेछन ।

प्रिअर्डर खुल्ला गरिएको उक्त फोनहरुको बजार मुल्य भने ग्यालेक्सी एस२० को १ लाख ७ हजार ४ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस२० प्लसको १ लाख १९ हजार ४ सय ९९ रुपैया तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL