Logo

नेप्सेमा सुरु भयो च्याखे दाउ, परिसुचक ४० अंकले घट्दा पौने ५ अर्बको कारोबार

नेप्सेमा सुरु भयो च्याखे दाउ, परिसुचक ४० अंकले घट्दा पौने ५ अर्बको कारोबार



काठमाडौं । केही समय लगातार दोहोरो अंकले उकालो लागेको सेयर बजारमा च्याखे दाउ सुरु भएको छ । गत हप्तासम्म नेप्से परिसुचक लगातार उकालो लागेपनि यो हप्ताको पहिलो दिन भने लगानीकर्तामाथी च्याखे थाप्ने काम सुरु भएको छ ।

laxmi

साताको पहिलो दिन बजार खुलेको ४ मिनेटमै बजार करिव ३० अंकले बढ्न पुगेको थियो भने थप ५ मिनेटको अन्तरालमा १५ अंकले घट्न पुगेको थियो । १० मिनेटको अन्तरालमा बजारमा करिव ४५ अंकको उचारचढाव आएको थियो ।

त्यससँगै पुनः उकालो लागेको बजारमा अन्तिम समयमा ४० अंकले घटेर बन्द हुँदा बजार प्रबेश गर्न लागेको लगानीकर्ता भने चेपुवामा परेका छन् । ‘बजार खुल्ने वित्तिकै करिव ३० अंकले नेप्से परिसुचक बढाएर नयाँ लगानीकर्ता आकर्षित गर्ने खेल भयो,’ एक लगानीकर्ताले भने, ‘त्यसपछि छिनमै घटाउने छिनमै बढाउने खेलले गर्दा साना र नयाँ लगानीकर्ताहरु चेपुवामा पर्न पुगे ।’

आईतबार नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घटेर ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार हुन पुगेको छ । जसमा सबैभन्दा बढी कारोबार हुनेमा बैंकिङ समुहका कम्पनीहरु रहेका छन् ।

यस अघि बढेको बजारमा बीमा, व्यापार तथा माइक्रोफाइनान्स समुहका कम्पनीको कारोबार रकममा बाहुल्यता हुने गरेकोमा हाल बैंकिङ समुहका कम्पनीको बाहुल्यता हुँदा बजारमा सकारात्मक सन्देश देखिएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘गर्व गर्न योग्य हुँदैछ पूँजीबजार अनि पेशा बनाउन सकिने क्षेत्रको रुपमा रुपान्तरण हुँदैछ,’ आईतबार बैंकिङ समुहको कारोबार बढेर समग्रमा कारोबार रकम बढेसँगै उनले फेसबुकमार्फत उक्त स्टाटस लेखेका छन् ।

आईतबार बजारमा सबैभन्दा बढी एनएमबी बैंकको २६ करोड ६३ लाख रुपैयाँ कारोबार भएको छ भने दोस्रोमा सबैभन्दा बढी २५ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी करिव ४१ अंकले घटेको बजारमा जीबन बीमा समुहको परिसुचक ४७४ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ३२२ अंकले घट्न पुगेको छ । बजारमा बढी बाहुल्यता रहेको बैंकिङ समुहको परिसुचक २५ घटेको छ भने उत्पादनमुलक समुहको परिसुचक १६९ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL