Logo

साओमीको ‘रेडमी ८ए डुअल’ नेपालमा सार्वजनिक, बजारमूल्य १३ हजार

साओमीको ‘रेडमी ८ए डुअल’ नेपालमा सार्वजनिक, बजारमूल्य १३ हजार



काठमाडौं । साओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी ए सिरिजको ‘रेडमी ८ए’ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले ‘देशको दमदार स्मार्टफोन’ थिममा आईतबार नेपालमा डुअल रियल क्यामरासहितको उक्त फोन सार्वजनिक गरेको हो ।

laxmi

नेपालमा पहिलो पटक सार्वजनिक गरिएको रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको कम्पनीको भनाई छ ।

हार्डवेयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याटर्नले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।

६ दशमलव २२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५ हजार एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चार्जिङ (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चार्जिङ सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ ।

३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपान्सनमा सर्पोट गर्दछ ।
रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जीबी प्लस ३२ जीबी भेरियन्टको स्मार्टफोनको बजारमूल्य १२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL