Logo

भारतीय बामरोल लुब्रिकेन्ट नेपाली बजारमा, यस्ता छन विषेशता

भारतीय बामरोल लुब्रिकेन्ट नेपाली बजारमा, यस्ता छन विषेशता


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको छ । लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनीले उत्पादन गरेको हो । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा भित्र्याएको कम्पनीले जानकारी दिएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका हुन ।

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने जानकारी दिएका छन ।

कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे ।

कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL