Logo

सामसंगको नयाँ योजना, पुरानो फोनसँग नयाँ स्मार्टफोन साटिने

सामसंगको नयाँ योजना, पुरानो फोनसँग नयाँ स्मार्टफोन साटिने



काठमाडौं । सामसंग मोबाईलले आफ्ना ग्राहकहरुका लागि मोबाईल एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीको आधिकारीक विक्रेता आईएमएसले बुधबार आफ्ना ग्राहकहरुका लागि सबै शोरुमबाट पुराना फोनसँग नयाँ फोन साट्न मिल्ने सुविधा सार्वजनिक गरेको हो ।

यसका लागि इच्छुक ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन आफ्नो वेब पोर्टल मार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोनको सट्टामा नयाँस्मार्टफोन छनौट गर्न सक्नेछन् ।

यसका लागि हाल निम्न शोरुमहरुमा सेवा विस्तार गरिएको छ ।

१. न्यूरोड, पाको, काठमाडौं
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं

कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL