Logo

रिचार्जरको बिग सेल फेब्रुअरी २० मा, ५ हजारमा हेलिकप्टर राईड

रिचार्जरको बिग सेल फेब्रुअरी २० मा, ५ हजारमा हेलिकप्टर राईड



काठमाडौं । ई कमर्स प्लेटफर्म रिचार्जरले ५ हजार २० रुपैयामा हेलिकप्टर राईड गर्ने भएको छ । रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा बिगसेल अफरसँगै ५ हजार रुपैयाँमा हेलिकप्टर राईड गर्ने भएको हो ।

बिगसेलमा रिचार्जरले २२० रुपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयामा हेलीकप्टर राईड, २ हजार २० रुपैयाँमा टुर प्याकेज, २० हजार २० रुपैयामा अन्नपुर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइडलगायतका प्याकेज उपलब्ध गराउने भएको हो । साथै शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि सामग्रीलगायतका अफर समेत उपलब्ध गराउने भएको छ ।

नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि काठमाण्डौं उत्पत्यका भित्र उपलब्ध हुनेछ । फ्ल्मि टिकट खरिद गर्दा भने सुरुमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैंया बाहेकको रकम खरिदकर्ताले फिर्ता पाउने भएको छ । ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरु पाउने छन । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाउनेछन ।

जनवरी २० मा विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउनेछ । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL