Logo

बैंकतर्फ आकर्षित हुँदै लगानीकर्ता, परिसुचक २१ अंकले बढ्दा कारोबार २ अर्ब माथी

बैंकतर्फ आकर्षित हुँदै लगानीकर्ता, परिसुचक २१ अंकले बढ्दा कारोबार २ अर्ब माथी



काठमाडौं । लामो समयसम्म माइक्रोफाइनान्स र बीमा समुहमा झुम्मिएका लगानीकर्ता बैंकिङ समुहतर्फ आकर्षित भएका छन् । सुरुमा माइक्रोफाइनान्स र त्यसपछि बीमा समुहमा लागेका लगानीकर्ताहरु आज आईतबार बैंकिङ समुहमा आकर्षित भएका हुन् ।

आईतबार दोहोरो अंकले बढेको बजारमा बैंकिङ समुहको परिसुचक २७ अंकले उकालो लागेको छ । अन्य समयमा सामान्य अंकमा घटवढ हुने बैंकिङ समुहको परिसुचक आईतबार उच्च अंकमा बढ्न पुगेको छ ।

लगानीकर्ताहरु बैंकिङ समुहमा झुम्मिदा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । दिनभर कुल २ अर्ब ७ करोड रुपैया बराबरको सेयर कारोबार भएको छ । जसमा १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक पनि २८ अंकले बढ्न पुगेको छ भने सबैभन्दा बढी निर्जीबन बीमा समुहको परिसुचक १ सय अंकले उकालो लागेको छ । तर यस अघि बजार बढ्दा उकालो लाग्दै आएको जीवन बीमा समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

दिनभर बजारमा सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ग्रामीण विकास लघुवित्तको ९ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL