Logo

३८ कम्पनीका लगानीकर्ताले लाभांश पाउँदा बजारमा सेयर खरिद चाप, २१४ कम्पनीका लगानीकर्तालाई कहिले ?

३८ कम्पनीका लगानीकर्ताले लाभांश पाउँदा बजारमा सेयर खरिद चाप, २१४ कम्पनीका लगानीकर्तालाई कहिले ?



काठमाडौं । गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेकामध्ये ३८ कम्पनीका लगानीकर्ताले घोषित लाभांश पाएका छन् । नेप्सेमा सूचीकृत भएका अधिकांश कम्पनीले पुसमा साधारणसभा गरेर यस अघि घोषित लाभांशलाई पारित गराई लगानीकर्ताको खातामा पठाईसकेका छन् ।

laxmi

गत आवको मुनाफाबाट लाभाश घोषणा गरेमध्ये १४ वटा बाणिज्य बैंक, ३ वटा विकास बैंक, १० वटा लघुवित्त, ८ वटा फाइनान्स, श्री इन्भेष्टमेन्ट तथा उत्पादनमुलक र व्यापार समूहका ४ कम्पनीले आफ्ना लगानीकर्ताको खातामा नगद तथा सेयर लाभांश पठाइसकेका छन् ।

हालसम्म खातामा मुनाफा पठाएकोमध्ये युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा बढी ७७० प्रतिशत नगद लाभांश पाएका छन् भने सबैभन्दा कम गुहेश्वरी फाइनान्सकाले ६ दशमलव ५ प्रतिशत र सिभिल बैंकका लगानीकर्ताले ६ दशमलव ८ प्रतिशत ७५ प्रतिशत नगद लाभांश पाएका हुन् । सो अबधिमा ग्लोवल आईएमई बैंकले लगानीकर्तालाई हालसम्मकै उच्च १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांस दिएको छ ।

सेयर बजारमा बढी हिस्सा रहेको बाणिज्य बैंकहरुमध्ये १४ वटाले आफ्ना लगानीकर्ताको खातामा नगद लाभांश पठाउँदा बजारमा सेयर खरिद चाप समेत बढेको एक लगानीकर्ताले जानकारी दिए । ‘घटिरहेको पोर्टफोलियोमा लगानीकर्ताले नगद बोनस पाउँदा उक्त रकम पनि पुनः बजारमै लगानी गरेका छन्,’ ती लगानीकर्ताले भने, ‘जसका कारण केही समय बजारमा कारोबार रकम उच्च बढेर दैनिक २ अर्ब रुपैयाँभन्दा माथी पुगेको थियो ।

नेप्सेमा २५२ कम्पनी सूचीकृत भएपनि त्यसको १६ प्रतिशत कम्पनीले मात्र लगानीकर्ताको खातामा गत आर्थिक बर्षको मुनाफाबाट प्राप्त बोनस खातामा पठाएका छन् । नेप्सेमा सूचीकृत भएकामध्ये ६० प्रतिशत कम्पनी मात्र लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेको र कतिपय कम्पनीले साधारणसभाबाट लाभांस पारित गराएपनि हालसम्म खातामा नपाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तर कतिपय कम्पनी नेप्सेमा सूचीकृत भएर कारोबार भएपनि घाटामा गएका कारण लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका छन् । जसमध्ये धेरैजसो कम्पनीहरु जलविद्युत क्षेत्रका रहेका छन् । सो क्षेत्रका कतिपय कम्पनी भर्खरै मात्र नेप्सेमा सूचीकृत भएर कारोबार भएको तथा कतिपय घाटामा गएका कारण लगानीकर्तालाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन् ।

साथै केही कम्पनीहरु नेप्सेमा सूचीकृत भएर पनि कारोबार भएका छैनन् । भने कतिपय भर्खरै मात्र बैंकहरुले जारी गरेका डिवेञ्चर नेप्सेमा सूचीकृत भएका छन् । हाल नेप्सेमा २५२ कम्पनी सूचीकृत भएको देखाएपनि १५० जति कम्पनी मात्र लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् । त्यसको आधारमा पनि अझै ६५ प्रतिशतभन्दा कम्पनीले लगानीकर्ताको खातामा लाभांश पठाउन बाँकी रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL