Logo

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले लगानीकर्तालाई १० दशमलब ५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको २५ औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको कम्पनीले जानकारी दिएको छ । सोही अवसरमा कम्पनिका अध्यक्ष वसन्तकुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित गरेका छन ।

सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, रोशन अधिकारी, विष्णु कुमार अग्रवाल, वेनी गोपाल मुन्दडा र मनिष कुमार खेमकालाई आगामी ४ वर्षका लागि सर्वसम्मत नियुक्त गरेका छन ।

गत आवमा कम्पनीले ६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै संचालन मुनाफा १८ करोड ५ लाख रुपैयाँ र खुद मुनाफा ९ करोड ९९ लाख रुपैयाँ भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले खराब कर्जा ० दशमलब ५७ प्रतिशत कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL