Logo

पूँजी बजार सुधारमा सेबोनका नवनियुक्त अध्यक्ष ढुंगानाको ५ मन्त्र, दायरा बढाउनेदेखि समयसापेक्ष कानून परिमार्जन

पूँजी बजार सुधारमा सेबोनका नवनियुक्त अध्यक्ष ढुंगानाको ५ मन्त्र, दायरा बढाउनेदेखि समयसापेक्ष कानून परिमार्जन



काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुगानाले पूँजी बजार सुधारका लागि मुख्य ५ वटा काम गर्ने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरेसँगै उनले बिजखबरसँग कुराकानी गर्दै आफ्नो कार्यकालमा पूँजी बजारको स्थायित्वदेखि दायरा फराकिलो बनाउने काम गर्ने बताए ।

laxmi

नेपालको पूँजी बजारसम्बन्धी राम्रो ज्ञान भएका ढुंगानाले अबका दिनमा सो क्षेत्र सुधारका लागि आफुले मुख्यगरी ५ वटा विषयबस्तु छनौट गरेको बताए । नेपाल धितोपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य भएर काम गरेर ढुंगाना बोर्डको विज्ञ संंचालक समेत हुन ।

आफु अध्यक्ष भएर आएसँगै पहिलो चरणमा पूँजी बजारको स्थायित्वको लागि काम गर्ने बताए । लामोसमयदेखि वियरिस ट्रेण्डमा रहेको पूँजी बजारमा स्थायित्व दिनका लागि सुधारका कार्यक्रम ल्याउने बताए ।

यसैगरी पूँजीबजारको व्यवसायिकतामा पनि उल्लेखनीय काम गर्ने उनको उद्घोष थियो भने पूँजी बजारको दायरा फराकिलो बनाउने लागिपर्ने बताए । हाल बोर्डले पूँजी बजारको दायरा फराकिलो बनाउने बताएपनि सोही अनुरुप काम अघि बढाउन सकेको थिएन । तर, आफु अध्यक्ष भएर आएसँगै नेपालको पूँजी बजारको दायरा फराकिलो बनाउँदै थप व्यवसायिकता बनाउने बताए ।

यसैगरी बजारमा सुशासन ल्याउने बजार अनुगमन तथा सोही अनुरुपको नीति नियम बताउन बताए । पूँजी बजार सुधारको मुख्य पाटो सुशासन भएको बताउँदै आफ्नो कार्यकालमा सोही अनुरुप काम गर्ने बताए ।

नवनियुक्त अध्यक्ष ढुंगानाले धितोपत्र सम्बन्धी नीति नियमलाई समय सापेक्ष परिमार्जन गर्ने बताए । ‘पूँजी बजार सुधारको लागि धेरैजसो नीति नियम रिफर्म गर्नुपर्नेछ,’ उनले भने, ‘अब त्यस्ता नीति नियमलाई समयसापेक्ष सुधार गर्दै बजारको दायरा थप फराकिलो बनाएर स्थायित्व दिनेछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL