Logo

अटो व्यवसायी र भन्सार महानिर्देशकबीच भेट, स्वच्छ व्यापार गर्न महानिर्देशकको आग्रह

अटो व्यवसायी र भन्सार महानिर्देशकबीच भेट, स्वच्छ व्यापार गर्न महानिर्देशकको आग्रह



काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटो व्यवसायीलाई फेयर ट्रेड (स्वच्छ व्यापार)को अनुकरण गर्न सुझाव दिएका छन । आईतबार नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालसहित १० सदस्यिय प्रतिनिधिसँगको भेटमा उनले नाडाले फेयर ट्रेडका लागि आवश्यक वातावरण तयार गर्न सुझाव दिएका हुन ।

laxmi

आईतबार नाडाका प्रतिनिधिले फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे महानिर्देशक दाहालसँग छलफल गरेका थिए ।

छलफलका क्रममा महानिर्देशक दाहालले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखि क्लियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको बताएका छन । उनले नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको जानकारी दिए । छलफलका क्रममा नाडाका प्रतिनिधिले आधिकारिक एजेन्सीले मात्रै पैठारी गर्न पाउनुपर्ने सर्त राखेका थिए ।
महानिर्देशक दाहालले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने जानकारी दिएका छन ।

नाडाको धारणमा प्रतिक्रिया दिँदै उनले भन्सार विभागको मुख्य जिम्मेवारी व्यापार सहजिकरण भएको र अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दै आएको जानकारी दिए । उनले साफ्टा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढ्ने जानकारी दिएका छन ।
छलफलका क्राममा उनले व्यवसायको सुद्धिकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा समेत उनले राखेका थिए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL