Logo

एलजीको रोड शो नेपालभर, वासिङ मेशिनको डेमो देखाईँदै

एलजीको रोड शो नेपालभर, वासिङ मेशिनको डेमो देखाईँदै



काठमाडौं । एलजीले नेपालभर रोड शो सुरु गरेको छ । एलजीका ईन्नोभेटिभ प्रोडक्टहरुको डिस्प्ले र डेमोका लागि उक्त रोड सोको आयोजना गरेको हो ।

उक्त रोड शोको मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगर बाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ ।
उक्त रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनिले जानकारी दिएको छ ।

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शो बाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL