Logo

शिवममा लगानीकर्ता झुम्मिदा नेप्सेमा देखियो दोहोरो अंकको चमक, कारोबार ६० करोड नजिक

शिवममा लगानीकर्ता झुम्मिदा नेप्सेमा देखियो दोहोरो अंकको चमक, कारोबार ६० करोड नजिक



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तिम समयमा १७ दशमलव ७७ अंकले उकालो लागेको हो ।

सोमबार बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा बढेर ६० करोड नजिक पुगेको छ । बजारमा परिसुचक र कारोबार रकम दुबै बढ्दा लगानीकर्ताहरुमा सकारात्मक सन्देश गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

दोहोरो अंकले बढेको बजारमा म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक उकालो लागका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १७० अंकले बढ्दा निर्जीवन जीवन बीमा समुहको परिसुचकमा पनि १५८ अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा शिवम सिमेन्टले सर्किट हान्दा उत्पादनमुलक समुहको परिसुचक पनि करिव ११४ अंकले उकालो लागेको छ । सोमबार बजारमा शिवम सिमेन्टको मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढ्दै ५ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बजारमा होटल समुहको परिसुचक ४१ अंकले बढ्दा अतिरिक्त समुहका ३१ र माइक्रोफाइनान्स समुहको परिसुचक ३० अंकले उकालो लागेको छ । तर बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ३ दशमलव ३२ अंकले मात्र उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL