Logo

सिजी ल्यान्डमार्कमा ‘सिनेप्लेक्स’ सञ्चालन, बार्को प्रोजेक्सन र थ्रीडीमा फिल्म हेर्न सकिने

सिजी ल्यान्डमार्कमा ‘सिनेप्लेक्स’ सञ्चालन, बार्को प्रोजेक्सन र थ्रीडीमा फिल्म हेर्न सकिने



चितवन । सिजी ल्यान्डमार्कको सिनेप्लेक्स संचालनमा आएको छ । सो कम्प्लेक्सको चौथोतल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा ल्याएको हो ।

सिनेप्लेक्स सञ्चालक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधिसम्पन्न तथा विश्वस्तरको रहेको बताए । ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उनले भने, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हामीतर्फबाट भरपूर प्रयास हुनेछ ।’

सञ्चालक चौधरीका अनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र अर्कोमा २१९ सिट रहेको छ । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले जानकारी दिए ।

हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL