Logo

दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४० करोडमै सिमित

दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४० करोडमै सिमित



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ता लगातार उकालो लागेको नेप्से परिसुचक यो हप्ताको दोस्रो दिन १३ दशमलव ७५ अंकले ओरालो लागेको हो । नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेर ११ सय ५४ को विन्दुमा पुगेको छ ।

सोमबार सबै समुहका परिसुचक ओरालो लाग्दा बीमा समुहको परिसुचकमा भने धेरै गिरावट आएको छ । निर्जिबन बीमा समुहको परिसुचक १७२ अंकले ओरालो लाग्दा जिवन बीमा समुहको परिसुचकमा १३६ अंकको गिरावट आएको छ ।

यस्तै उत्पादनमुलक समुहको परिसुचकमा १६ अंकको पहिरो जाँदा माईक्रोफाईनान्स र अन्य समुहका परिसुचक भने १४/१४ अंकले ओरालो लागेका छन । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ७ अंकले ओरालो लागेको छ ।

सोमबार सबै समुहका परिसुचका गिरावट आएपनि कारोबार रकम भने ४० करोड नाघेको छ । दिनभर १ सय ६६ कम्पनीका १३ लाख ७१ हजार १ सय ३४ कित्ता सेयर खरिदविक्री भएपछि कारोबार रकम ४० करोड ७९ लाख ५ सय ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL