Logo

भोईथले अब हेभी ईक्युपमेन्टस् पनि बेच्ने, युहिमको आधिकारिक लोकार्पण कार्यक्रम सम्पन्न

भोईथले अब हेभी ईक्युपमेन्टस् पनि बेच्ने, युहिमको आधिकारिक लोकार्पण कार्यक्रम सम्पन्न



काठमाडौं । नेपालको व्यापारिक उद्योग भोईथ अन्तरगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (युहिम) को आधिकारिक लोकार्पण सम्पन्न भएको छ ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तरराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुने गर्दछ । जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत प्रयोग भएको पाईन्छ ।

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा सम्झौता गर्ने नगरेको कम्पनीको दाबी रहेको छ ।

ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङलगायतका स्थानहरुमा संचालन हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL