Logo

नाडाको अध्यक्षमा दुलाल निर्विरोध, औपचारिक घोषणा पुस ४ मा

नाडाको अध्यक्षमा दुलाल निर्विरोध, औपचारिक घोषणा पुस ४ मा



काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन । अटोमोबाइल व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेका नाडाको साधरण सभा तथा नयाँ नेतृत्व चयन यहि पुस ४ गते हुने तयारीबीच दुलाल करिब एक साता अघिनै निविरोध भएका हुन ।

आगामी नेतृत्व चयनका लागि आज मनोनयन दर्ताको तोकिएको समय भित्र अध्यक्ष पदका लागि दुलालको मात्रै नाम आए पछि दुलाल साधरण सभा अगाबै निविरोध भएका हुन । नाडाको ४३ औं सार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम आगामी पुस ४ गते तय भएकाले दुलाल अध्यक्षमा चयन भएको औपचारिक घोषणा भने पुस ४ गते मात्रै हुने छ ।

नाडामा अध्यक्ष र कार्यसमिति सदस्यको मात्र प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहेको छ । अध्यक्षमा निर्विरोध भएसँगै कार्यसमिति सदस्यहरु समेत निर्विरोध बनाउने विषयमा छलफल भइरहेको दुलालले जानकारी दिए ।

नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुनेछ । संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL