Logo

‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक, नेपालकै ‘स्ट्रङगेस्ट’ वियर भएको दाबी

‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक, नेपालकै ‘स्ट्रङगेस्ट’ वियर भएको दाबी



काठमाडौं । नेपालका चर्चित वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरी प्रालिले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरुमाझ लोकप्रिय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली वियरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो ।

‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’– ‘अर्ना एट ९८०’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट ९८०’ वियर ३३० मिलि र ६ सय ५० मिलि दुवै बोतलहरुमा उपलब्ध छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यी दुवै बोतलहरुमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन ।

सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३ सय ३० मिलि को ‘अर्ना एट ९८०’ विशेषगरी युवा पिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ । चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वियर प्लान्टबाट उत्पादित ‘अर्ना एट ९८०’ ३३० मिलिको बजार मूल्य १ सय ४० रुपैयाँ र ६ सय ५० मिलिको मूल्य २ सय ७५ मात्र रहेको छ । ३ सय ३० मिलिको ‘अर्ना एट ९८०’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मिलिको एक कार्टुनमा १२ बोतल हुन्छ ।

स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘ अर्ना एट ९८०’ उच्चस्तरीय छ । वियरपारखीहरुको फरक–फरक रोजाइ एवं स्वादअनुरुप अर्ना ब्रान्ड अन्तर्गत’ अर्ना एट ९८०’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’ र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL