Logo

सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प, स्पेयर पार्टसमा १० प्रतिशत छुट

सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प, स्पेयर पार्टसमा १० प्रतिशत छुट



काठमाडौं । सीजी मोटोकर्पले ६ दिने निशुल्क सर्भिस क्याम्पको आयोजना गरेको छ । डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु गरेको हो ।

सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ । साथै, स्पेयर पार्टस, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । सर्भिस क्याम्प मंसिर ३० गतेसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL