Logo

तेस्रो दिनसम्म आईपुग्दा पनि थाकेन साँढे, कारोबार रकमले साथ दिँदै

तेस्रो दिनसम्म आईपुग्दा पनि थाकेन साँढे, कारोबार रकमले साथ दिँदै



काठमाडौं । यो हप्ताको तेस्रो दिन पनि नेप्से परिसूचकले उकालो लाग्न छोडेको छैन । लामो समयदेखि ओरालो लागेर लगानीकर्ताको मनोबल गिराईरहेको नेप्से परिसूचक यो हप्ता भने निरन्तर उकालो लागेको हो ।

laxmi

बुधबार नेप्से परिसुचक १० दशमलव ११ अंकले उकालो लाग्दै ११ सय ६१ विन्दुमा पुगेको छ । लगातार बढिरहेको बजारमा कारोबार रकमले पनि साथ दिँदा बुधबार कुल ५५ करोड १३ लाख बढीको कारोबार भएको छ । लगातार बढिरहेको बजारमा बुधबार म्यानुफ्याक्चर्स समुहका बाहेक सबै समुहका परिसूचक उकालो लागेका छन ।

नेप्सेका अनुसार बुधबार बीमा समुहको परिसुचकमा उछाल आएको छ । बुधबार निर्जिवन बीमा समुह १ सय १३ अंकले बढ्दा जीवन बीमा समुह ७९ अंकले उकालो लागेको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ४ अंकको सुधार आउँदा होटल समुहको परिसूचक २२ अंकले उकालो लागेको छ ।

यस्तै बजारमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर ६ करोड रुपैयाँको किनबेच भएको थियो । दिनभर ६ करोडभन्दा माथि कुनैपनि कम्पनीको कारोबार हुन सकेन । दिनभर १ सय ७३ कम्पनीका २० लाख ४३ हजार कित्ता सेयर खरिदविक्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL