Logo

साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट, खेल सुरू हुनु भन्दा आधा घण्टा अगाडी नै गेट बन्द

साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट, खेल सुरू हुनु भन्दा आधा घण्टा अगाडी नै गेट बन्द



काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तरगत मंगलबारको फुटबल फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।

सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय ओटा टिकट विक्री भएको छ । मंगलबार साग खेलको समापन समारोह पनि रहेकाले खेल सुरुहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जानकारी दिएको छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दर्शकहरुलाई दुई घण्टा अगाडी नै रंगशाला पुग्न समेत इसेवाले आग्रह गरेको छ । मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदकका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । इसेवामा ५५ बैंक तथा वित्तीय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL