Logo

राज ब्रुअरीको ‘फोस्टर्स लागर’ बियर नेपाली बजारमा, ५० भन्दा बढि देशमा सफलता प्राप्त

राज ब्रुअरीको ‘फोस्टर्स लागर’ बियर नेपाली बजारमा, ५० भन्दा बढि देशमा सफलता प्राप्त



काठमाडौं । राज ब्रुअरी प्रालिले शुक्रबारदेखि फोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ । विश्वभर बार्षिक ० दशमलब ५ बिलियन लिटर भन्दा बढी बिक्री गर्न सफल भएको उक्त बियरले नेपालमा पनि बिक्री सुरु गरेको हो ।

वर्षको सुरुवातसँगै कम्पनीले विश्व प्रसिद्ध बियर निर्माता एबि इनबेभबीच विश्वका केही बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा विशेष साझेदार सम्बन्धि सम्झौता समेत गरेको छ । राज ब्रुअरी ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी भएको कम्पनीको दाबी रहेको छ ।

राज ब्रुअरी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको कम्पनीको बिज्ञप्तीमा उल्लेख छ ।

जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन् ।

ल्यूभेन, बेल्जियममा प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा आफ्नो उत्पादन रहेको छ । साथै कम्पनीको ५ सय भन्दा बढी ब्राण्डहरु बडवेएजर, बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता उत्पादनहरु बजारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL