Logo

६४ एमपी क्यामरासहित रेडमी नोट ८ बजारमा, मुल्य १८ हजारदेखि ३२ हजारसम्म

६४ एमपी क्यामरासहित रेडमी नोट ८ बजारमा, मुल्य १८ हजारदेखि ३२ हजारसम्म



काठमाडौं । शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै क्वाड क्यामेरा सेटअप सहितको उक्त फोन सार्वजनिक गरेको हो ।

उक्त फोन नेपालमा सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट अब्बल रहँदै आएको बताए । उनले ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी भएको जानकारी दिएका छन । उनका अनुसार विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जि९ओटी चिपसेट भएको उक्त स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।

रेडमी नोट ८को फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । ६ दशमलव ५३ ईन्च डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ सार्वजनिक भएको उक्त फोनको मोटाई भने ८ दशमलव ८ ईन्चको रहेको छ ।

फोनमा ४ हजार ५ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ जसल पुरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफीमा सहयोग पुग्दछ । रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १ सय २८ जीबी भेरियन्टमा उपलब्ध छ र उक्त भेरियन्टहरुको बजार मूल्य क्रमश रु १८ हजार ९ सय ९९ र २३ २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

उक्त स्मार्टफोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा उपलब्ध रहेको छ । यस्तै रेडमी नोट ८ प्रो भने ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १ सय २८ जीबी र ८ जीबी प्लस १ सय २८ जीबी गरी ३ भेरियन्टमा उपलब्ध छ । जसको बजारमूल्य क्रमशः २६ हजार ९ सय ९९, २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL