Logo

सिटी एक्स्प्रेस ‘लखपति एक्स्प्रेस २०७६’ को पहिलो विजेता घोषित, थापाले पाए १ लाख नगद

सिटी एक्स्प्रेस ‘लखपति एक्स्प्रेस २०७६’ को पहिलो विजेता घोषित, थापाले पाए १ लाख नगद



काठमाडौं । सिटी एक्स्प्रेसले आफ्नो ‘लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको १ लाख विजेता घोषित गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच बागलुङ निवासी जापानमा कार्यरत गोबिन्द बहादुर थापालाई उक्त योजनाको विजेता घोषित गरेको हो । उनले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जितेका हुन । उक्त उपहार नेपालमा अवस्थित उनकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । उक्त अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने ग्राहकले उक्त उपहार योजनामा सहभागी हुन सक्नेछन ।

उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६ सय ३० जनाले २ सय रुपैयाँको को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL