Logo

ईभोस्टोरद्वारा नेपालमा आईफोन ११ र ११ प्रोको पवर्तन, प्रिबुकिङ खुल्ला

ईभोस्टोरद्वारा नेपालमा आईफोन ११ र ११ प्रोको पवर्तन, प्रिबुकिङ खुल्ला



काठमाडौं । एप्पल उत्पादनका लागि नेपालको आधिकारिक विक्रेता ईभोस्टोरले नेपालमा आईफोन ११ र ११ प्रोको प्रवर्तन गरेको छ । कम्नपीले विभिन्न एक्स्क्लुसिभ अफरसहित लबिम मल, शेर्पा मल, मर्कन्टाईल प्लाजा, मिड टाउन ग्लारिया र होटल चिब्बतमा उक्त फोनको प्रवर्तन गरेको हो ।

एप्पलले आईफोन ११ मा डुअल क्यामेरा प्रणाली र आईफोन ११ प्रो मा ट्रान्सफार्मेटीव ट्रिपल क्यामेरा प्रणाली ल्यएको छ । साथै नयाँ अल्ट्रा वाइड र वाइड क्यामेरा पनि यसमा समेटिएको छ ।
नयाँ आईफोन ११ बैजनी, हरियो, पहेंलो, कालो, सेतो र नयाँ उत्पादन (रेड)मा र आईफोन ११ प्रो भने मिड नाईट ग्रीनमा उपलब्ध छ ।

नेपालमा उक्त आईफोन न ११ तीन फरक भेरियन्टमा ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा उपलब्घ छ । जसको नेपामा बजारमूल्य आईफोन ११ को १ लाख १५ हजार र आईफोन ११ प्रोको १ लाख ६२ हजार रुपैयाँबाट सुरुवात गरिएको छ ।

नयाँ आईफोन ११ र प्रो को प्रि बुकिंग २९ कार्तिक २०७६ देखि सुरु भएको छ । पहिलो १०० प्रि बुकिंग ग्राहकहरूले निस्शुल्क ब्याक कभर र टेम्पर्ड ग्लास प्राप्त गर्नेछन् र पहिलो ५० ग्राहकले फ्रि बेल्कीन वायरलेस चार्जर प्राप्त गर्नेछन् । नयाँ आईफोन मंसिर ६ देखि सबै इभोस्टोर शोरूममा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL