Logo

आईएमईको डबलको डबलको डबल अफरको सातौं विजेता घोषित, शेरचनले जिते दोब्बर पैसा

आईएमईको डबलको डबलको डबल अफरको सातौं विजेता घोषित, शेरचनले जिते दोब्बर पैसा



काठमाडौं । आईएमई डबलको डबलको डबल अफरको सातौं विजेता घाषित भएका छन । आईएमई ग्रुपले बुधबार सेवाग्राही इन्द्रराज शेरचनलाई दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित गरेको हो ।

शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएका हुन । शेरचनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले बेलायतस्थित रिया मनि ट्रान्स्फर मार्फत नेपालमा ५० हजार १ सय ३७ रुपैयाँ पठाएका थिए जसको दुई गुणा १ लाख २ सय ७४ रुपैयाँ जितेका हुन । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेका हुन ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त ७७ दिनसम्म कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL