Logo

अन्तिम समयमा दाहोरो अंकले उकालो लाग्यो नेप्से, कसले किन्यो एनएमबी बैंकको १४ करोडको सेयर

अन्तिम समयमा दाहोरो अंकले उकालो लाग्यो नेप्से, कसले किन्यो एनएमबी बैंकको १४ करोडको सेयर



काठमाडौं । लामो समयदेखि उकालो लागेको नेप्से परिसुचकले यो हप्ता उकालो लाग्न सुरु गरेको छ । सोमबार बजार खुलेदेखि नै सामान्य रुपमा उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा १३ दशमलव ७७ अंकले बढ्न पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढि जीबन बीमा समुहको परिसुचक ७९ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक ६७ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचमा पनि १२ दशमलव ३१ अंकको वृद्धि भएको छ । बजारमा होटल, उत्पादनमुलक, जलविद्युत र विकास बैंक समुहका परिसुचक पनि दोहोरो अंकले बढ्न पुगेका छन् ।

बजारमा नेप्से परिसुचक बढ्नुका साथै कारोबार रकम पनि ५० करोड रुपैयाँभन्दा माथी भएको छ । दिनभर कुल ५४ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ७५ कम्पनीको १९ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार सबैभन्दा बढि एनएमबी बैंकको १३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्ज भएपश्चात कारोबार भएको सो बैंकको सबैभन्दा बढि सेयर खरिदबिक्री भएको हो । यसैगरी बजारमा प्रभु बैंकको पनि ७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL