Logo

यी हुन विश्वमा धेरै सवारी जाम हुने प्रमुख शहरहरु, छिमेकी देश भारतका २ शहर उच्च १० भित्र

यी हुन विश्वमा धेरै सवारी जाम हुने प्रमुख शहरहरु, छिमेकी देश भारतका २ शहर उच्च १० भित्र



काठमाडौं । पछिल्लो समय विश्वमै सवारी जामको सन्नाटाले मानिसहरु हैरान भएका छन । यसको समाधानका विभिन्न उपाय अपनाएपनि दिनानुदिन जनसंख्या सँगै बढ्ने सवारीसाधनले यसको समस्या झन बढेको छ ।

laxmi

टमटम नामक एक वेबसाईटले हालै २०१८ को ट्राफिक ईन्डेक्स सार्वजनिक गरेको छ । उक्त ईन्डेक्समा विभिन्न ५६ देशका ४ सय ३ ओटा शहरहरुको सवारी जामको बारेमा उल्लेख गरिएको छ ।

उक्त वेबसाईटका अनुसार गएको दशकदेखि विश्वमा ट्राफिक जाम बढ्दो हिसावले अघि बढिरहेको छ । उक्त वेवसाईटका अनुसार सन २०१७ देखि २०१८ भित्र एक बर्षमै विश्वका विभिन्न शहरहरुमा ट्राफिक जाम ७५ प्रतिशतले बढेको छ । जसमा भारतको मुम्बई विश्वमै धेरै ट्राफिक जाम हुने शहरको पहिलो स्थानमा परेको छ । वेबसाईटका अनुसार मुम्बई शहरमा सवारीगर्नै यात्रुले आफ्नो समयको ६५ प्रतिशत समय ट्राफिक जाममै व्यतित गर्नुपर्दछ ।

यस्तै कोलम्बियाको राजधानी बोगोटा भने ६३ प्रतिशत ट्राफिक जाम सहित विश्वकै धेरै जाम हुने दोस्रो शहरमा परेको छ । साथै पेरुको लिमा ५८ प्रतिशत जाम सहित तेस्रो धेरै ट्राफिक जाम हुने शहरमध्ये परेको छ ।

यस्तै पुनः भारतकै अर्काे शहर नयाँ दिल्ली ५८ प्रतिशत ट्राफिक जाम सहित विश्वकै चौथो धेरै जाम हुने शहरमा परेको छ । साथै त्यसपछि पुनः मस्को, रसिया लगायतका शहरहरु धेरै जाम हुने टप १० शहरमा परेका छन ।

पछिल्ला केही बर्षयता ट्राफिक जाम बढेका शहरहरुलाई बलियो अर्थव्यवस्थाको सुचक पनि मान्न सकिने विज्ञहरुले जानकारी दिएका छन । टमटम वेबसाईटका अनुसार ट्राफिक जाम बलियो अर्थव्यवस्थाको सुचक भएपनि यसको मुख्य असर भनेको उत्पादकत्वमा परेको छ ।

ट्राफिक जामकै कारण हुने कतिपय समस्याहरुबाट सम्बन्धीत शहरको उत्पादकत्वमा पनि प्रत्यक्ष असर परेको हुन्छ । यसको समाधानका लागि विभिन्न देशमा सरोकारवालाहरुले समयमै सचेत हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL