Logo

पल्सर एनएस २०० अब एबीएसमा, सुरुवाती मूल्य ३ लाख ३४ हजार

पल्सर एनएस २०० अब एबीएसमा, सुरुवाती मूल्य ३ लाख ३४ हजार



काठमाडौं । अब नयाँ पल्सर एनएस २०० मा एन्टी लकिङ ब्रेकिङ सिस्टम (एबीएस) ल्याएको छ । नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको अधिकृत वितरक हंसराज हुलासचन्दले ले उक्त सुविधा ल्याएको हो ।

एन्टी–लकिङ ब्रेकिङ सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ दुरी कम गर्दछ । यसले जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउछ । र, यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ । एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL