Logo

१ हप्ता सार्वजनिक सवारीसाधनलाई नेपालभर रुट परमिट खुला, माईक्रोको पनि अग्रिम टिकट बुकिङ खुल्दै

१ हप्ता सार्वजनिक सवारीसाधनलाई नेपालभर रुट परमिट खुला, माईक्रोको पनि अग्रिम टिकट बुकिङ खुल्दै



काठमाडौं । यातायात व्यवस्था विभागले आईतबारदेखि सार्वजनिक सवारीसाधनलाई रुट परमिन नचाहिने व्यवस्था गरेको छ । विभागले दशैंलाई लक्षित गर्दै नेपालभर नै सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गरिएको जानकारी दिएको हो ।

दशैंमा आफ्नो आफ्नो गन्तव्यमा जाने यात्रुहरुको सहजीकरणका लागि सम्पुर्ण सार्वजनिक सवारीसाधनहरुको रुट परमिट खोलिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए

उक्त रुट परमिट खोलेपश्चात काठमाडौं उपत्यकामा मात्रै चल्ने सवारीसाधनहरु बाहिर समेत संचालनमा ल्याउन सकिनेछ । यस्तै कुनै निश्चित स्थानमा चल्ने सवारीसाधनहरु नेपालभरी जहाँसुकै पुर्याउन सकिनेछ । विभागले आईतबारदेख अर्काे हप्ताको आईतबारसम्म १ हप्ता सार्वजनिक सवारीसाधनलाई यस्तो सुविधा दिने भएको हो ।

यस्तै दशैंलाई लक्षित गरी विभागले नारायणघाटदेखि काठमाडौं आउने ठुला मालवाहक सवारीलाई रोक लगायको छ । ठुला मालबाहक सवारीसाधनहरु नारायणघाट काठमाडौं सडकमा १ हप्तासम्म चल्न नपाउने भएका हुन ।

यस्तै विभागले लामो रुटमा चल्ने साना सार्वजनिक सवारी जस्तै माईक्रो, हायास लगायतका सवारीसाधनको अग्रिम टिकट बुकिङ समेत खोल्ने भएको छ । विभागले बसहरुको खोलेपस्चात साना सवारीसाधनको पनि अग्रिम बुकिङ खोल्ने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL