Logo

स्टक क्लियरेन्स मेलामा किनमेल गर्नेको घुँइचो, ३ दिनमा ५२ हजारले गरे अवलोकन

स्टक क्लियरेन्स मेलामा किनमेल गर्नेको घुँइचो, ३ दिनमा ५२ हजारले गरे अवलोकन



दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको घुइँचो लागेको छ ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । आयोजकका अनुसार असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा परेकाले यस दिनमा मात्र झण्डै २७ हजार अवलोकनकर्ता मेलामा पुगेका छन् ।

अघिल्लो दुई दिनमा २५ हजार बढी अवालोकनकर्ता मेला हेर्न र किनमेलका लागि भृकुटीमण्डप पुगेको इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले जानकारी दिए । इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ ।

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरुको पनि बिक्रीमेला लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL