Logo

संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा

संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा



काठमाडौं । सुन्दर यातायातले संविधान दिवसको अवसरमा निशुल्क सेवा दिईरहेको छ । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारीसाधन कम्पनी सुन्दरले शुक्रबार संविधान दिवसको अवसरमा आफ्ना ७ ओटा विद्युतीय बसहरुमार्फत निशुल्क सेवा दिएको जानकारी दिएको हो ।

laxmi

कम्पनीले गत भदौ २३ गते विद्युतीय सार्वजनिक सवारीसाधन संचालनको सुरुवात गरेको थियो । सोही अनुसार कम्पनीले हिजो बिहीबारसम्म बीना भाडामा बसहरु संचालन गरिरहेको थियो । बुधबार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुलाई नंवर प्लेट दिएपछि कम्पनीले भाडासहितको सेवा सुरु गरेको थियो ।

कम्पनीका बसको पहिलो भाडा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दिएका कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार संविधान दिवसको अवसरमा कम्पनीका सबै विद्युतीय बसहरुमा निशुल्क सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL