Logo

असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, सरकार र व्यवसायीले लगाए टुङ्गो

असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, सरकार र व्यवसायीले लगाए टुङ्गो



काठमाडौं । असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

laxmi

केही दिन अघि विभागले भदौ २५ गतेबाट दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ खुला गर्ने भनेको थियो । तर व्यवसायीले सिमित कारण देखाउँदै सो विषयमा पुनः छलफलको माग राखेका थिए ।

सोही अनुसार बिहीबारको बैठकले असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने सहमति गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

महासंघले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई पहिचान खुल्ने गरी पोशाक लगाउन समेत निर्देशन दिएको छ । महासंघको आज बसेको बैठकले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई उक्त निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL