Logo

दशैंमा घर जान आज अग्रिम टिकट बुकिङको मिति तोकिदै, सरकारसँग लचक बन्दै व्यवसायी

दशैंमा घर जान आज अग्रिम टिकट बुकिङको मिति तोकिदै, सरकारसँग लचक बन्दै व्यवसायी



काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङका लागि आज मिति तोकिने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबार दिउँसो हुने बैठकले अग्रिम टिकट बुकिङको मिति तोक्ने भएको हो ।

व्यवसायीहरु विभिन्न विषयमा सहमत र सकारात्मक भएकाले मिति तोक्ने कुराको टुङ्गो लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘व्यवसायीहरुले कुनै माग राख्नु भएको छैन,’ उनले भने, ‘सबै कुरामा सकारात्मक भएर भित्री छलफल गरेर आज दिउँसो आउनुहुनेछ र टिकट बुकिङको मिति तोकिने छ ।’

यसरी दुवै पक्ष सकारात्मक भएकाले आजै मिति तोकिने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार हाम्रा मागहरु केहि छैनन तर सरकारले केहि हदसम्म सरलीकरण मात्रै गरिदिए हामीलाई पुग्नेछ । विभागमा आज दिउँसो १ बजे विभाग र व्यवसायीबीच छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL