Logo

महिन्द्राको महिन्द्रासँग सबै दङ्दास योजना सार्वजनिक, सवारी खरिदमा १० हजार सम्मको फ्ल्याट डिस्काउन्ट

महिन्द्राको महिन्द्रासँग सबै दङ्दास योजना सार्वजनिक, सवारी खरिदमा १० हजार सम्मको फ्ल्याट डिस्काउन्ट



काठमाडौं । अग्नि मोटो इन्कले ‘महिन्द्रासँग सबै दङ्दास’ योजना सार्वजनिक गरेको छ । महिन्द्रा टु ह्वीलर्स अन्तरगत अग्नि मोटो इन्कले चाडपर्व नजिकिएसँगै उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको उक्त योजना अन्तरगत बाइक तथा स्कुटरको खरिद मा तत्काल क्यास तथा १० हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ ।

नेपालभर रहेका महिन्द्राका आधिकारिक विक्रेता मार्फत सवारी खरिद गर्दा उक्त छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ ।

मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टसहरु उपलब्ध गराउन कम्पनीले नेपालका बिभिन्न स्थानहरुमा शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL