Logo

५ अर्बको कारोबार गर्दै सकियो नाडा अटो शो, ८५ हजारले गरे अवलोकन

५ अर्बको कारोबार गर्दै सकियो नाडा अटो शो, ८५ हजारले गरे अवलोकन



काठमाडौं । नाडा अटो शो २०१९ आईतबार सम्पन्न भएको छ । ८५ हजार जनाले अवलोकन गरेको उक्त शोमा करिब ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलेको उक्त मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कारको बिक्री बढी भएको आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि युनाइटेड ट्रेडर्स सिण्डीकेटले उपाधी हात पारेको छ भने, दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनीले उपाधी हात पारेको छ ।

आयोजकका अनुसार जिपिएक्स जेन्टलमेन २०० सिसि क्षमताको मोटर साइकल टिकटको लक्की ड्रमा टिकट नम्बर ०१२३३१ रहेको छ ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाललगायतले अटो शोमा सहभागी ९५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL