Logo

दराजले २०२२ सम्ममा १ लाख रोजगार सिर्जना गर्ने, दशैं अफरमा विशेष छुट

दराजले २०२२ सम्ममा १ लाख रोजगार सिर्जना गर्ने, दशैं अफरमा विशेष छुट



काठमाडौं । अनलाइन शपिंङ गन्तब्य दराजले २०२२ सम्ममा १ लाख नेपाली युवालाई रोजगार दिने भएको छ । ‘डिजिटल यूगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न सहज बनाउने’ योजना सहित कम्पनीले एक लाख नेपाली युवालाई रोजगार प्रदान गर्ने बताएको छ ।

कम्पनीका २ लाख ५० हजार भन्दा बढी सामाग्री १ सय भन्दा बढी केन्द्रबाट उपभोक्तामाझ पुर्याउदै आएको छ । दराजले हाल सम्म ५ हजार भन्दा बढी रोजगार उत्पादन गरेको भन्दै दराज युनिवर्सिटी मार्फत हरेक महिना ५ सय नयाँ बिक्रेताहरुलाई समावेश गर्ने तयारी समेत गरेको छ ।

दराजका ग्लोबल सीइओ का अनुसार पहिलो पटक विश्वसामु आफ्नो धारणा राख्दै डिजिटल क्रान्ति, औद्योगिक क्रान्ति भन्दा कम नहुने बताएको छ । साथै दराजले २०२२ सम्म पुरा गर्ने ६ महत्वाकांक्षी लक्ष्यहरु समेत सार्वजनिक गरेका छन ।

दराजका ग्लोबल सिइओ मिकेल्सन ले भने, ‘प्रगति र सफलताको बाटो चुनौतीले भरिएको छ, तर हामी यस क्षेत्रका अग्रगामी को रुपमा हरेक चुनौतीको सामना गर्न तयार छौं ।’

उनले दराजको उपलब्धिहरुको कदर गर्दै नेपालका हरेक कुनामा बस्ने साना उद्यमीहरु सम्म पुगी स्वदेशी समान को विकासमा दराजले सहयोग पुर्याउने विस्वास लिएको बताए । साथै दराजले दशैंको अवसरमा भदौ २९ देखी अशोज १३ सम्म विशेष छुट लिएर आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL