Logo

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, ३ बर्षको वारेन्टी

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, ३ बर्षको वारेन्टी



काठमाडौं । एम्प्लिफाई प्लस ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ईथ्री इलेक्ट्रोनिक्सले बजारमा एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ईथ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीले एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ । एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन् । जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।

कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६ह७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०ह१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४० र २१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् ।

एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL