Logo

केएल टावरमा बिग सेल कार्निभल सुरु, ५० प्रतिशतसम्म छुटदेखि ४० हजारसम्मको स्मार्टफोन उपहार

केएल टावरमा बिग सेल कार्निभल सुरु, ५० प्रतिशतसम्म छुटदेखि ४० हजारसम्मको स्मार्टफोन उपहार



काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित केएल टावरमा ‘बिग सेल कार्निभल ’ मेला सुरु भएको छ । शुक्रबारदेखि भदौ २१ गतेसम्मका लागि प्रत्येक दिन हात खाली नजाने उपहार सहितको उक्त मेला सुरु भएको हो ।

करिव १ महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जानकारी दिएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ ।

मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना लगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

ती उपहारमा १ हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगायत छन् ।खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङं भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL