Logo

कोकाकोलाको जिग्री प्याक बजारमा, २५० एमएलको बोत्तल खल्तिमा समेत अट्ने

कोकाकोलाको जिग्री प्याक बजारमा, २५० एमएलको बोत्तल खल्तिमा समेत अट्ने



काठमाडौं । कोकाकोला नेपालले २ सय ५० मिलिलिटरको जिग्री प्याक सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आजैदेखि बजारमा आउने गरी उक्त जिग्री प्याक सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीका अनुसार २ सय ५० एमएलको उक्त प्याक जुनसुकै स्थानमा पनि लिन सकिने र सानो झोलामा, खल्तिमा लगायत स्थानमा पनि राख्न सकिने छ । प्याक उपोभोक्ता मैत्रि भएकाले जिग्री प्याक भनिएको कम्पनीको भनाई छ । यो प्याक उपभोक्ता मैत्री सँगै वातावरण मैत्री पनि भएको कम्पनीको दावी छ ।

उपभोक्ताहरुले अब आफुलाई मन पर्ने कोकाकोला, स्प्राईट तथा फ्यान्टाको नयाँ जीग्री प्याक चाहाना अनुसा आकर्षक मूल्यमा किन्न पाउने छन । जिग्री प्याकले नवीनतम प्रविधि मार्र्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्ने नेपालका लागि कम्पनीका कन्ट्र डाईरेक्टर अम्बुज सिंहले बताए ।

उनका अनुसार उक्त जिग्री प्याक कम्पनीले काठमाडौंमा आईतबार देखि उपलब्ध गराउने र अन्य शहरहरुमा भने यसै महिनाभित्रै उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL